Saturday, May 2, 2015

सरकार!!!

.
.
नमस्ते सरकार !!!
म तिम्रो त्यहि जनता ,
भोट माग्न आएका थियौ नि मेरो आगनमा ।
तर दुर्भाग्य , त्यो आगन नै   अब रहेन सरकार !
मेरो भन्ने जे थियो , त्यो सबै माटोमा बिलायो सरकार !
परिवार पुरियो, घर भत्कियो र आफ्नै आगन बिरानो भयो सरकार !
म भत्केको छु , तर आत्मबल कदापी घटेको छैन सरकार ।
मेरा, नेपाली दाजुभाई दिदीबहिनी छन्, सिंगो देश छ, अझ तिमि पनि त मेरा हौ नि सरकार ।
जुटेको छ सारा बिश्व नै मलाई सहयोग गर्न, तर तिमि बाट ठुलो आशा राखेको छु सरकार ।
अरु त आउछन जान्छन , तिमि संग  त मैले जिन्दगि काट्नु छ नि सरकार ।
तिम्रो भर म, मेरो भर तिमि , देश बनाउने जिम्मा हाम्रै त हो नि सरकार ।
मिडियाबाज छैनौ तिमि थाहा छ मलाई , तर सान्त्वना र सम्बोधन पनि जरुरी छ सरकार ।
काम गर्दैछौ तिमि, बुझेको छु मैले, गर्नेछैन तिम्रो निन्दा सरकार ।
भ्रस्टाचार हुन दिने छैनौ यो पबित्र कार्य मा, बिश्वास छ मेरो तिमीमाथि सरकार ।
अन्योल र ढिलासुस्ती भए होलान हिजो, तर अब चुस्त भएर लाग्ने बेला आएको छ सरकार ।
सहयोग गर्न तत्पर छु म, तिम्रो मार्गदर्शन चाहिएको छ सरकार ।
हामी लडेका हौ , हारेका छैनौ उठ्ने छौ फेरी सरकार ।
घर बनाउने छौ , धरहरा ठड्याउने छौ, मन्दिर मा फेरी घण्ट बज्नेछ सरकार ।
मेरो भन्नु यति नै हो, जय देश, जय नेपाल, सरकार ।

-विनायक रेग्मी
 गुलरिया-८, बर्दिया
 हाल: यु सि एम एस, भैरहवा