Friday, June 12, 2015

You n Me

You showed me way, the very first day when I was Lost;
You quenched me with your smile, the second day when I was in thirst.
When I was humiliated another day, you encouraged me a lot;
Day by day, u went on caring for me and my every faults.

Now here is the day, success is in my pot;
I m searching for u girl whose love is all I have got;
My eyes r eager to see your lovely face, which is still in my heart;
But why you want to be far from me and my thoughts.

I realized my mistake for which you and I have fought;
Please dont let my simple mistake to fill our life with draught.
I know , you have sacrificed for me a lot;
Now its my turn, and I want to heal all the wounds you have Got.

                                                                                                   Vinayak Regmi.

Saturday, May 2, 2015

सरकार!!!

.
.
नमस्ते सरकार !!!
म तिम्रो त्यहि जनता ,
भोट माग्न आएका थियौ नि मेरो आगनमा ।
तर दुर्भाग्य , त्यो आगन नै   अब रहेन सरकार !
मेरो भन्ने जे थियो , त्यो सबै माटोमा बिलायो सरकार !
परिवार पुरियो, घर भत्कियो र आफ्नै आगन बिरानो भयो सरकार !
म भत्केको छु , तर आत्मबल कदापी घटेको छैन सरकार ।
मेरा, नेपाली दाजुभाई दिदीबहिनी छन्, सिंगो देश छ, अझ तिमि पनि त मेरा हौ नि सरकार ।
जुटेको छ सारा बिश्व नै मलाई सहयोग गर्न, तर तिमि बाट ठुलो आशा राखेको छु सरकार ।
अरु त आउछन जान्छन , तिमि संग  त मैले जिन्दगि काट्नु छ नि सरकार ।
तिम्रो भर म, मेरो भर तिमि , देश बनाउने जिम्मा हाम्रै त हो नि सरकार ।
मिडियाबाज छैनौ तिमि थाहा छ मलाई , तर सान्त्वना र सम्बोधन पनि जरुरी छ सरकार ।
काम गर्दैछौ तिमि, बुझेको छु मैले, गर्नेछैन तिम्रो निन्दा सरकार ।
भ्रस्टाचार हुन दिने छैनौ यो पबित्र कार्य मा, बिश्वास छ मेरो तिमीमाथि सरकार ।
अन्योल र ढिलासुस्ती भए होलान हिजो, तर अब चुस्त भएर लाग्ने बेला आएको छ सरकार ।
सहयोग गर्न तत्पर छु म, तिम्रो मार्गदर्शन चाहिएको छ सरकार ।
हामी लडेका हौ , हारेका छैनौ उठ्ने छौ फेरी सरकार ।
घर बनाउने छौ , धरहरा ठड्याउने छौ, मन्दिर मा फेरी घण्ट बज्नेछ सरकार ।
मेरो भन्नु यति नै हो, जय देश, जय नेपाल, सरकार ।

-विनायक रेग्मी
 गुलरिया-८, बर्दिया
 हाल: यु सि एम एस, भैरहवा

Friday, May 31, 2013

'' चरित्र''

'' चरित्र''

सयर गर्छौ तिमी सपनाको त्यो समुन्द्रमा
भावनाको डुङ्गा बनाई
सबैथोक त छ तिमीसँग अझपनि
सोध्छौ तिमी खोई त मलाई??
अन्तिममा प्रश्नवाचक चिन्ह लगाई.
यात्री हौ तिमी बिना गन्तव्यको
फेरी कहिल्यै नपुग्ने ईच्छा हौ तिमी मनुष्यको.
हिरा हौ तिमी कोइला खानिको
विषालू किरा हौ तिमी मैला पानिको
जून हौ तिमी साढे १५ दिनको
सबै रङ हौ तिमी सुन्दर ईन्देृणीको
आसँु हौ तिमी अस्हय जलनको
हाँसो हौ तिमी मीठो मिलनको
तपस्या हौ तिमी भयङकर दाणवको
चरित्र हौ तिमी केवल मानवको,
चरित्र हौ तिमी केवल मानवको ॥